नेपालले गुमायो छैटौँ विकेट, ३ रन बनाएर दीपक बोहोरा आउट

भक्तपुर न्यूज

१७ माघ २०८० १०:५८

नेपालले गुमायो छैटौँ विकेट, ३ रन बनाएर दीपक बोहोरा आउट

काठमाडौं । आईसीसी यू १९ विश्वकपको सुपर सिक्समा बंगलादेशविरुद्ध नेपालले अहिले टस जितेर ब्याटिङ गरिरहेको छ । दक्षिण अफ्रिकाको ब्लुम्फोन्टिनमा जारी खेलमा नेपालले छैटौँ विकेट गुमाएको छ । खेलको ३६ ओभर ५ बलमा दीपक बोहोरा आउट भए ।

आउट हुनुअघि ११ बलमा उनले केबल ३ रन जोडे । उनलाई बंगलादेशका शेख परभेज जीवनले आउट गरेका हुन् । अहिले दीपकको स्थानमा दिपेश कँडेल क्रिजमा आएका छन् ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय