जावलाखेललाई हराउँदै थ्री स्टार आहारारा गोल्डकपको फाइनलमा
काठमाडौं । जावलाखेल युथ क्लबलाई १-० ले हराउँदै थ्री स्टार क्लब आहारारा पोखरा गोल्डकप फुटबलको फाइनलमा पुगेको छ । थ्री स्टारलाई जिताउन दाेस्राे हाफमा मैदान प्रवेश गरेका दीपेश घलेले ७८ औं मिनेटमा गोल गरे ।
घलेले टिममेट दीपेश आलेकाे असिस्टमा गाेल गरेका हुन् । थ्री स्टारले अब उपाधिका लागि त्रिभुवन आर्मी एफसी र चर्च ब्वाइज युनाइटेडबीचको विजेतासँग शनिबार फाइनल खेल्नेछ ।
प्रकाशित मितिः २०८० माघ १७ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
