स्वास्थ्य समस्या देखिएपछि बसन्त नेम्वाङलाई काठमाडौं ल्याउने तयारी

भक्तपुर न्यूज

१७ माघ २०८० ९:४४

स्वास्थ्य समस्या देखिएपछि बसन्त नेम्वाङलाई काठमाडौं ल्याउने तयारी

काठमाडौं । पूर्वमन्त्री एवं नेकपा एमालेका नेता बसन्त नेम्वाङको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका छन् । ताप्लेजुङ एमाले सचिवालय बैठकको क्रममा ताप्लेजुङ पुगेका नेम्वाङलाई एक्कासी समस्या देखिएको हो । उनको सचिवालयका अनुसार, उच्च रक्तचापका कारण खाना खानेक्रममा समस्या देखिएको थियो ।

स्वास्थ्यकर्मीको निगरानीमा ताप्लेजुङमै रहेका उनलाई हेलिकोप्टरमा काठमाडौं ल्याउने तयारी भइरहेको छ । मेडिसिटी अस्पतालमा नेम्वाङको थप उपचार हुने सचिवालयले जनाएको छ । उनी पाँथचरबाट निर्वाचित प्रतिनिधिसभा सदस्य हुन् ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय