दक्षिण कोरिया र उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

भक्तपुर न्यूज

१७ माघ २०८० ८:१०

दक्षिण कोरिया र उज्बेकिस्तान एसियन कपको क्वार्टरफाइनलमा

काठमाडौं । दक्षिण कोरिया कतारमा जारी एसिया कप फुटबलको क्वार्टरफाइनमा प्रवेश गरेको छ। साउदी अरेबियालाई टाइब्रेकरमा ४–२ ले हराउँदै दक्षिण कोरियाले अन्तिम आठमा स्थान पक्का गरेको हो। निर्धारित ९० मिनेटको खेल १–१ को बराबरी र थपिएको समयसम्म पनि बराबरी भएपछि खेल टाइब्रेकरमा गएको हो।

खेलमा अग्रता साउदीले लिएको थियो। अब्दुल्लाह रदिफले गोल गर्दै अग्रता दिलाएका थिए। कोरियाले अन्तिम समयमा एक गोल फर्काएर अघिल्लो चरणका निम्ति जीवनदान पाएको थियो। कोरियाले इन्ज्युरी समयको नवौँ मिनेटमा गोल गर्दै खेललाई अतिरिक्त समयमा धकेलेको थियो। उसका लागि गुए–सुङ चोले इन्ज्युरी समयको नवौँ मिनेटमा हेडमार्फत गोल गरे।

दक्षिण कोरियाले अब क्वार्टरफाइनलमा अष्ट्रेलियाको सामना गर्नेछ। एसिया कपमा मंगलबार उज्वेकिस्तानले थाइल्याण्डलाई २-१ गेलले हराउँदै अन्तिम आठमा स्थान बनाएको छ । एसिया कपको प्रि–क्वार्टरफाइनलमा बुधबार बहराइन र जापान तथा इरान र सिरियाबीच खेल हुनेछ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय