रास्वपाले बोलायो संसदीय दलको बैठक

भक्तपुर न्यूज

१७ माघ २०८० ६:४९

रास्वपाले बोलायो संसदीय दलको बैठक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय दलको बैठक बोलाएको छ । संसदीय दलको बैठक १९ माघ शुक्रबार बिहान ११ बजेदेखि बस्ने गरी बोलाइएको छ । संसदीय दलको बैठकका छलफलका एजेण्डामा संसदमा प्रस्तुत हुने विधेयक, संसदमा उठाउने नागरिक मुद्दा र विविध रहेको संसदीय दलका उपनेता विराजभक्त श्रेष्ठले जानकारी दिए ।

संघीय संसदको बैठक २२ माघमा बोलाइएको छ । हिउँदे अधिवेशनलाई विधेयक अधिवेशनका रुपमा बुझिन्छ । अघिल्लो संसद बैठकले एउटा मात्रै कानुन बनाएको थियो ।

प्रकाशित मितिः २०८० माघ १७ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय