कतार पठाउँछु भनेर ३ लाख लिएर फरार भएका व्यक्ति पक्राउ

भक्तपुर न्यूज

१६ माघ २०८० १०:०५

कतार पठाउँछु भनेर ३ लाख लिएर फरार भएका व्यक्ति पक्राउ

काठमाडौं । कतार पठाउँछु भनेर करिब ३ लाख लिएर फरार भएका एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिरहाको विष्णुपुर गाउँपालिका–२ घर भएका २४ वर्षीय मनोजकुमार साह छन्।

उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो। पक्राउ परेका साहलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभागको कार्यालयमा पठाइएको छ।

उनले २ लाख ९० हजार रुपैयाँ लागतमा कतार पठाउँछु भन्दै डम्बर कुमार पाहिकबाट रकम लिएर फरार भएका थिए। मासिक ४५ हजार तलब हुने भनेपछि डम्बरले साहलाई २ लाख ९० हजार दिएका थिए। तर त्यसपछि उनी फरार भएका थिए।

प्रकाशित मितिः २०८० माघ १६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय