मंगलबारदेखि ‘हिमालय लोकस्टार सिजन २’ डिजिटल अडिसन खुला

भक्तपुर न्यूज

१६ माघ २०८० ९:२२

मंगलबारदेखि ‘हिमालय लोकस्टार सिजन २’ डिजिटल अडिसन खुला

काठमाडौं । हिमालय लोकस्टार सिजन २ को घोषणा भएसंगै मंगलबारदेखि डिजिटल अडिसन खुला भएको छ । गत महिना नै भ्वाइस अफ नेपाल सिजन ५ को ग्राण्ड फिनालेमा जजमध्येका एक राजु परियारले दोस्रो सिजन आउन लागेको बताएका थिए ।

यो सिजनलाई लोक तथा दोहोरी गायक बद्री पंगेनीले होस्ट गर्ने भएका छन् । भ्वाइसको फिनालेमा पंगेनीले ‘मान्छे चलेन’ गीत प्रस्तुत गर्दै आफू लोकस्टारसँग जोडिन लागेको बताएका थिए । अहिलेसम्म गायक परियारलाई जजको रुपमा घोषणा गरिएको छ । केही दिनमा अन्य जजको घोषणा गर्ने तयारी छ ।

इच्छुक प्रतिस्पर्धीले हिमालय टिभीको एप र ह्वाट्स एप नम्बर ९८०१११६१७४ मा आफ्नो भिडियो पठाएर अडिसन दिन सक्ने भएका छन् । बलराम विश्वकर्माले पहिलो सिजनको उपाधि जितेका थिए । नेपाली मौलिक लोक संगीतलाई प्रस्तुत गर्ने यो कार्यक्रम हिमालय टिभीमा प्रसारण हुनेछ ।

प्रकाशित मितिः २०८० माघ १६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय