सुरदूरपश्चिममाथि एपीएफ ३ विकेटले विजयी
काठमाडौं । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा अन्तर्गतको खेलमा सुदूरपश्चिमले खराब ब्याटिङ गर्दै एपीएफसँग ८७ रनमा अलआउट भएको सुदूरपश्चिम ३ विकेटले पराजित भएको छ । मुलपानीमा सुदूरले दिएको ८८ रनको लक्ष्य एपीएफले १४.१ ओभरमा ७ विकेट गुमाउँदै भेट्टाएको हो । एपीएफको पनि ब्याटिङ चल्न सकेन् ।
एपीएफका लागि सन्दीप जोराले सर्वाधिक १८ रन जोडे । त्यस्तै आशिफ शेखले १५ रन बनाए । भुवन कार्कीले १४ रन र प्रलिप ऐरीले १२ रन बनाउँदै आउट भए । सुदूरपश्चिमका लागि दिपक चन्दले ४ र नरेन साउदले तीन विकेट लिए ।
मुलपानी मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम १६.२ ओभरमा ८७ रनमा अलआउट भएको हो । सुदूरका नारायण जाशीले अविजित ३१ रन बनाउँदा ओपनर खडक बोहराले २४ रनको योगदान गरे । अन्य खेलाडीको प्रदर्दशन राम्रो रहेन् । सुदूरका चार खेलाडीले रनको खाता नै खोल्न सकेनन् ।
सुदूरलाई सस्तैमा समेट्न एपीएफका चन्दन रामले सर्वाधिक ५ विकेट लिए । त्यस्तै भुवन कार्कीले तीन र रोहित पौडेलले दुई विकेट लिए । जितसँगै एपीएफ १० अंक जोडेको छ भने सुदूरको ८ अंक रहेको छ ।
प्रकाशित मितिः २०८० माघ १६ मंगलबार
