सुनचाँदीको मूल्य बढ्यो
काठमाडौं, ६ साउन । सुनको मूल्य आज तोलामा ३ सय रुपैयाँले बढेको छ । हिजो प्रतितोला ५३ हजार ७ सय रुपैयाँ रहेको सुन आज ३ सय रुपैयाँले बढेर ५४ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
त्यस्तै, महासंघका अनुसार चाँदीको मूल्यमा ५ रुपैयाँले बढेको छ । हिजो ७ सय २५ रुपैयाँ प्रतितोलामा कारोबार भएको चाँदी आज ५ रुपैयाँले बढेर ७ सय ३० मा कारोबार भएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
