सिराहाका प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई गृहले फिर्ता बोलाइयाे

भक्तपुर न्यूज

१६ माघ २०८० ६:३६

सिराहाका प्रमुख अधिकारी र प्रहरी प्रमुखलाई गृहले फिर्ता बोलाइयाे

काठमाडौं । गृह मन्त्रालयले सिराहाका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई फिर्ता बोलाउने निर्णय गरेको छ । प्रमुख जिल्ला अधिकारी राजेन्द्र पाण्डे र जिल्ला प्रहरी कार्यालयका प्रमुख टेकुनन्द इवा लिम्वुलाई मिटर व्याज पीडितप्रति नरम भएको गृह मन्त्रालयको आदेशलाई वेवास्ता गरेको भन्दै मन्त्रालयले फिर्ता बोलाउने निर्णय गरेको गृह मन्त्रालय स्रोतले जानकारी दिएको छ ।

मन्त्रालय स्रोतका अनुसार प्रमुख जिल्ला अधिकारीले आफूलाई हटाउँदा एसपीलाई पनि हटाउन माग गरेपछि एसपी लिम्बु पनि तानिएका हुन् । सिराहाका मिटरब्याज प्रभावितहरूले केही दिनअघि गृहमन्त्रीलाई भेटेर ज्ञापनपत्र बुझाएका थिए ।

प्रकाशित मितिः २०८० माघ १६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय