आज पनि बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ काराेबार ?
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्य बढेको छ। मंगलबार सुनको मूल्य प्रतितोला ३०० रुपैयाँले बढेको हो। यसअघि सोमबार पनि सुन प्रतितोला ३०० रुपैयाँले बढेको थियो। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख १८ हजार ६०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १८ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ।
सोमबार छापावाल सुन प्रतितोला १ लाख १८ हजार ३०० रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख १७ हजार ७५० रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी मंगलबार चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला १४ सय ५ रुपैयाँमा कारोबार भएको चाँदी मंगलबार प्रतितोला १४ सय २० रुपैयाँमा किनबेच भइरहेको छ। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रुपैयाँ बढेको हो।
प्रकाशित मितिः २०८० माघ १६ मंगलबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
