अभिनेत्री एमी ज्याक्सनले गरिन् अभिनेता वेस्टविकसँग इन्गेजमेन्ट

भक्तपुर न्यूज

१६ माघ २०८० ६:१०

अभिनेत्री एमी ज्याक्सनले गरिन् अभिनेता वेस्टविकसँग इन्गेजमेन्ट

काठमाडौं । ‘एक दिवाना था’ र ‘सिंह इज ब्लिंग’ अभिनय गरेकी अभिनेत्री एमी ज्याक्सनले इन्गेजमेन्ट गरेकी छन् । सोमबार सामाजिक सञ्जालमार्फत उनले इन्गेजमेन्टको जानकारी दिएकी हुन् ।

ज्याक्सनले एक पोष्ट शेयर गरेकी छन् । जसमा उनका प्रेमी अङ्ग्रेजी अभिनेता एड वेस्टविकले स्वीजरल्याण्डको पहाडमा उनलाई प्रपोज गरेको देख्न सकिन्छ । ज्याक्सनले फोटो शेयर गर्दै भनेकी छन्– ‘एस ।’

एमी र एड विगत केही समयदेखि एक अर्काेसँग डेट गरिरहेका छन् । यस अगाडि एमी जार्ज पानायियोटौसँगको सम्बन्धमा थिइन् । जार्जले ज्याक्सनको २०१९ मा प्रपोज गरेका थिए । दुवैको एक छोरा पनि छ । त्यसपछि उनी जार्जसँग अलग भइन् । त्यसपछि ज्याक्सनले २०२२ मा डेट गर्न सुरु गरिन् ।

कामको कुरो गर्ने हो भने एडले कयौँ अङ्ग्रेजी फिल्ममा काम गरेका छन् । जसमा ‘गसिप गर्ल’ र ‘रोमियो और जुलियट’ निकै महत्त्वपूर्ण मानिएको छ । एड अभिनेताको अलवा एक म्युजिशियन पनि हुन् ।

ज्याक्सनको आउने फिल्म ‘क्रैक’ हो । यो फिल्ममा उनी विद्यत जामवाल, नोरा फतेही र अर्जुन रामपाल जस्ता कलाकारको साथ देखिनेछिन् । ज्याक्सनले २०१२ मा फिल्म ‘एक दिवाना था’ बाट अभिनयमा डेब्यु गरेकी थिइन् ।

प्रकाशित मितिः २०८० माघ १६ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय