आजदेखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन

भक्तपुर न्यूज

१० माघ २०८० ५:१८

आजदेखि रिलायन्स स्पिनिङ्ग मिल्सको आईपीओ निष्कासन

काठमाडौं । रिलायन्स स्पिनिङ्ग मिल्स लिमिटेडले आजदेखि बुक विल्डिङ प्रक्रिया मार्फत आईपीओ निष्कासन गरेको छ । कम्पनीले आज (माघ १० गते)देखि संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गरेको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पूँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४ प्रतिशतले हुन आउने १९ करोड २६ लाख ६० हजार रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १९ लाख २६ हजार ६०० कित्ता शेयर बुक विल्डिङ प्रक्रियामार्फत निष्काशन गर्न अनुमति पाएको थियो।

कम्पनीले अनुमति पाएको कुल सेयरमध्ये ४० प्रतिशत अर्थात ७ लाख ७० हजार ६४० कित्ता सेयर योग्य संस्थागत लगानीकर्ताहरुका लागि बोलकबोल मार्फत सेयर बिक्री खुला गर्न लागेको हो। सेयरको बिक्री मूल्य सीमा ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँ तोकिएको छ।

योग्य संस्थागत लगानीकर्ताले माघ १४ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न कम्पनीले आग्रह गरेको छ । बोलपत्र पेश गर्ने अन्तिम मितिको भोलीपल्ट धितोपत्र बजारले योग्य संस्थागत लगानीकर्ताहरुलाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुने गरी प्राप्त बोलकबोलको कट अफ मूल्य निर्धारण भएको जानकारी गराउनेछ।

कम्पनीले योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरेको ७ दिनभित्र सर्वसाधारणलाई छुट्टाएको ६० प्रतिशत सेयर सार्वजनिक निष्कासन गर्न धितोपत्र बोर्डमा स्वीकृतिका लागि पेश गर्नेछ । सर्वसाधारणलाई कट अफ मूल्यमा १० प्रतिशत छूट प्रदान गरी आईपीओ निष्कासन गरिनेछ ।

कम्पनीको साधारण लगानी फिर्ता हुने अवधि ६.८८ वर्ष रहेको छ भने डिस्काउण्डमा लगानी फिर्ता हुने अवधि १०.७४ वर्ष रहेको छ। कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

प्रकाशित मितिः २०८० माघ १० बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय