नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोग्यो
भक्तपुर, ५ साउन । २३ वर्षमुनिको एएफसी च्याम्पियनसिप छनौट खेलमा नेपालले एउटा पनि खेल जित्न सकेन । समूह डी मा रहेको नेपालले तीन खेल खेल्दा तीनै खेलमा पराजय भोगेको हो । नेपाल लेवनानसँग २–०, नेपाल युएईसँग ५–० तथा उज्वेकिस्तानसँग २–० ले पराजिय भएको छ ।
संयुक्त अरब इमिरेट्स (युएई) को अल अइनस्थित ताहानोनविन मोहम्मद स्टेडियममा गएराति सम्पन्न खेलमा नेपाल लेबनानसँग २–० गोलअन्तरले पराजित भएको हो । खेलको पहिलो हाफको २८औँ मिनेट र ९० औँ मिनेटमा लेबनानका हासान कुरानीले दुई गोल गदैँ आफ्नो टोलीको जित दिलाएका छन् ।
लेवनानसँग हारेसँगै नेपाल च्याम्पियनसिप छनौटमा ९ गोल खाएर एक गोल पनि नगरी स्वदेश फर्कने भएको छ । समूहको शीर्ष स्थानमा रहने टोली सन् २०१८ मा युएईमा हुने एएफसी च्याम्पियनसिप खेल्नेछ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९