धादिङमा बस दुर्घटना, दुईको मृत्यु
धादिङ, ५ साउन । काठमाडौबाट काँकडभिट्टा जाँदै गरेको बस धादिङमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको छ ।काठमाडौंबाट काँकडभिट्टाका जाँदै गरेको ना ५ ख २२९३ नम्बरको बस धादिङको बेनिघाट रोराङ गाउँपालिका –५ विशलटारमा गएराती सडकदेखि २० मिटर तल खसी दुर्घटना हुँदा बसका चालक झापा जिल्ला सिबसतासी गाउँपालिका– ६ का ३५ वर्षीय कमल ढुंगाना र सोही ठाउँका सहचालक २१ वर्षीय नमराज शिवाकोटी को घटनास्थल मै मृत्यु भएको हो ।
बसमा सवार अन्य ४ जना सामान्य घाइते भएका छन् । उनीहरुको मलेखु स्थित राजमार्ग सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
