प्रधानमन्त्री कप क्रिकेट : पुलिसले दियो आर्मीलाई १४१ रनको लक्ष्य

भक्तपुर न्यूज

७ माघ २०८० ९:२६

प्रधानमन्त्री कप क्रिकेट : पुलिसले दियो आर्मीलाई १४१ रनको लक्ष्य

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको आइतबार भएको दुई विभागीय क्लबबिचको भिडन्तमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई जितका लागि एक सय ४१ रनको लक्ष्य दिएको छ ।

सिद्धार्थनगर रंगशालामा टस हारी पहिले ब्याटिङको निम्तो पाएको पुलिस क्लबले निर्धारित ३३ मध्ये ३१.४ ओभरमै अलआउट हुनुअघि एक सय ४० रन बनाएको हो । खराब मौसमका कारण निर्धारित समयभन्दा निकै ढिलो सुरु भएको कारण उक्त खेल ३३–३३ ओभरमा झारिएको हो ।

पुलिस क्लबका लागि ओपनर ब्याट्सम्यान सुनिल धमलाले अर्धशतक (५२ रन) बनाए । उनले ८० बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काए । अन्य ब्याट्सम्यानको प्रदर्शन भने सन्तोषजनक रहेन । अर्जुन साउद १० रन बनाउँदै आउट भए ।

अर्का ओपनर कुशल भुर्तेलले भने खातासम्म खोल्न सकेनन् । दिलिप नाथ पनि शून्य रनमै पेभेलियन फर्किए । आरिफ शेखले टोलीको खातामा १८ रन थपे । शंकर राणा पाँच रन बनाउँदै आउट भए । कप्तान दीपेन्द्रसिंह ऐरी पनि १३ रनभन्दा अगाडि बढ्न सकेनन् ।

रासिद खानले १३ रन बटुले । करण केसी १० रन बनाउँदै आउट भए । सागर ढकाल तीन रनमा अविजित रहे । ललित राजवंशीले खाता खोल्न सकेनन् । विभागीय टोली पुलिस क्लबले अतिरिक्त रुपमा १६ रन पाएको थियो ।

आर्मी क्लबका बलर सोमपाल कामीले चार विकेट लिए । उनले ६ ओभरमा तीन मेडन राख्दै केवल १२ रन खर्चिए । साहब आलम र बिवेक यादबले पनि दुई–दुई विकेट हात पारे । अर्को एक विकेट भने कुशल मल्लले लिए ।

प्रकाशित मितिः २०८० माघ ०७ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय