पाँच लाख घुससहित पक्राउ परेका मेयरलाई भ्रष्टाचार मुद्दामा सफाइ
काठमाडौं । पाँच लाख रुपैयाँ घुससहित पक्राउ परेका रौतहट, देवाही गोनाही नगरपालिकाका तत्कालिन मेयर धर्मेन्द्र प्रसाद पटेलले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् । बिशेष अदातलले उनलाई शुक्रबार सफाइ दिएको हो ।
उपभोक्ता समितिबाट भवन निर्माण सम्पन्न पश्चात अन्तिम बिल भुक्तानी दिने क्रममा बिभिन्न बहाना बनाई सेवाग्राहीसँग उनले पाँच लाख घुस मागेको अख्तियारको दाबी थियो । दुई लाख ५० हजार नगद र दुई लाख ५० हजारको चेकसहित पक्राउ गरी अख्तियारले मुद्दा दायर गरेको थियो । आयोगले उनका सहयोगी अशोक प्रसाद पटेललाई समेत प्रतिवादी बनाएको थियो । दुवै जनाले सफाइ पाएका छन् ।
प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
