जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

भक्तपुर न्यूज

५ माघ २०८० ९:११

जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ परेका छन् । पनौती नगरपालिका–४ बसपार्कस्थित खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा धुलिखेल नगरपालिका–१२ बस्ने ४६ वर्षीय विकास तामाङ ७ जनालाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोक र ईलाका प्रहरी कार्यालय बनेपाबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५६ हजार ५ सय ७० रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मितिः २०८० माघ ०५ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय