साफ यू–१९ महिला च्याम्पियनसिपको नेपाली टोली घोषणा

भक्तपुर न्यूज

४ माघ २०८० ११:१६

साफ यू–१९ महिला च्याम्पियनसिपको नेपाली टोली घोषणा

काठमाडौं । बंगलादेशमा हुने साफ यू-१९ महिला च्याम्पियनसिपका लागि नेपाली टोलीको घोषणा भएको छ। मुख्य प्रशिक्षक बाल गोपाल साहुखलले माघ १९ देखि २५ सम्म हुने प्रतियोगितामा प्रतिस्पर्धा गर्ने २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरेका हुन्। टोलीमा मुख्यतः यू-१५ र यू-१७ टोलीबाट नेपालको प्रतिनिधित्व गरेका खेलाडीहरु रहेका छन्।

देश भरीबाट खुला छनोट गरी ३५ खेलाडीलाई बन्द प्रशिक्षणमा राखिएको थियो। टोलीको सहायक प्रशिक्षकमा गंगा गुरुङ र श्याम सुन्दर सिंह रहेका छन् भने शैलेश कर्माचार्य गोलकिपिङ प्रशिक्षक रहेका छन्। इन्दु दुवाल टिम व्यवस्थापकमा नियुक्त भएकी छिन्। आयोजक बंगलादेशसहित नेपाल, भारत, र भुटान गरी ४ टोलीले प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन्।

राउण्ड रोबिन लिग आधारमा हुने प्रतियोगिताको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन्। नेपालले माघ १९ गते घरेलु टोली बंगलादेशसँग खेल्दै च्याम्यिनसिपको यात्रा सुरु गर्नेछ। दोस्रो खेल भुटानसँग माघ २१ मा खेल्ने नेपालले तेस्रो तथा अन्तिम खेलमा भारतसँग माघ २३ गते खेल्नेछ। फाइनल माघ २५ गते हुनेछ। सबै खेल ढाका स्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल रंगशालामा हुने छ।

नेपाली टोली:

गोलकिपर: सुजता तामाङ, करुणा बुढाथोकी, लिला जोशी

डिफेन्डर: दिव्या यसमाली महर, सिता रोकाया, रोजिता विष्ट, सरिता कुमारी नाथ, गंगा रोकाया, सिम्रन राई, माया मास्के

मिडफिल्डर: बिर्सना चौधरी, झुमा विश्वकर्मा, सराह बज्राचार्य, सुशीला केसी, भावना परियार, पुनम चेम्जोङ

फरवार्ड: सेनु परियार, सुक्रिया मिया, वर्षा ओली, लिला चन्द, पूर्णिमा राई, समीक्षा मगर, सजिना स्याङतान

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *