चट्याङ लागेर आमाछोरीको मृत्यु
मोरङ, ४ साउन । मोरङको लेटाङमा आज बिहान चट्याङ् लागेर दुई जनाको मृत्यु भएको छ । चट्याङ् लागेर मृत्यु हुनेमा लेटाङ नगरपालिका–२ स्थित पुरानो बजार निबासी ४७ वर्षीया चन्द्रा तामाङ र उनकी १९ वर्षीय छोरी सुष्मा रहेको प्रहरीले जनाएको छ ।
खेतमा काम गरिरहेको बेलामा चट्याङ्ले लागेर आमाछोरी घाइते भएको र घाइते आमाछोरीलाई उपचारका लागि धरानस्थित वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पुर्याए लगत्तै मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
