टाइगर कप भलिबलको फाइनलमा न्यू डायमण्ड र एपीएफ भिड्ने

भक्तपुर न्यूज

४ माघ २०८० ९:०४

टाइगर कप भलिबलको फाइनलमा न्यू डायमण्ड र एपीएफ भिड्ने

काठमाडौं । पोखरामा जारी चौथो टाइगर कप भलिबलको महिलातर्फ चन्द्रागिरि न्यू डायमण्ड र एपीएफ फाइनलमा भिड्ने भएको छ । डायमण्डले नेपाल पुलिसलाई सोझो सेटमा हराएर फाइनलमा पुगेको हो । दोस्रो सेमिफाइनल खेलमा न्यू डायमण्डले २५–१९ ले पहिलो सेट आफ्नो पक्षमा पार्‍यो ।

दोस्रो सेट २५–१८ र तेस्रो सेट २५–१८ ले आफ्नो पक्षमा पारेको हो । बिहीबार बिहानको पहिलो सेमिफाइनलमा दुई विभागीय टोलीको रोचक प्रतिस्पर्धा रह्यो । नेपाल आर्मीले दुई सेट आफ्नो पक्षमा पारिसकेको अवस्थामा उत्कृष्ट पुनरागमन गर्दै एपीएफले खेल आफ्नो पोल्टामा पार्न सफल रह्यो ।

आर्मीले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–२० ले आफ्नो पक्षमा पार्‍यो । तेस्रो सेटमा आर्मी पछि पर्‍यो । उक्त सेटमा आर्मी १२–२५ ले पछि पर्‍यो । चौथो सेटमा समेत आर्मी १६–२५ ले पछि पर्‍यो । अन्तिम सेटमा १३–१५ को हार व्यहोर्दा फाइनल प्रवेशबाट रोकिएको हो । फाइनल खेल भोलि (शुक्रबार) हुनेछ ।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *