१४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ
काठमाडौं । मोरङमा १४ वर्षीया बालिका बलात्कार आरोपमा एक जना पक्राउ परेका छन्। सुन्दरहरैंचा नगरपालिका-६ बस्ने २४ वर्षीय काले भन्ने संयोग चौधरी पक्राउ परेका हुन्। उनलाई इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले बुधबार दिउँसो पक्राउ गरेको हो।
चौधरीविरूद्ध पुस १३ गते आफ्नै घरमा ल्याई बलात्कार गरेको उजुरी छ। सोही उजुरीको आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। यस घटनामा प्रहरीले अनुसन्धान गरिरहेको छ।
प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
