प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, कोशी ९ विकेटले पराजित

भक्तपुर न्यूज

४ माघ २०८० ७:००

प्रधानमन्त्री कप क्रिकेटमा आर्मीको दोस्रो जित, कोशी ९ विकेटले पराजित

काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत त्रिभुवन आर्मी क्लबले कोशी प्रदेशलाई ९ विकेटले पराजित गरेको छ। कोशीले दिएको ८९ रनको झिनो लक्ष्य आर्मीले ९.५ ओभरमै एक विकेटको क्षतिमा पूरा गर्‍यो।

आर्मीका लागि कुशल मल्लले ७ बलमा ४ चौका र १ छक्का हिर्काउँदै नटआउट २२ रन, सन्तोष कार्कीले २७ बलमा ६ चौका र १ छक्काको मद्दतमा नटआउट ३२ रन जोडे भने ओपनर इमरान शेख २५ बलमा ५ चौका र १ छक्का प्रहार गर्दै ३२ रननै बनाए।

त्यसअघि कोशी प्रदेश २४.४ ओभरमा ८८ रनमै अलआउट भयो। मुलपानी मैदानमा आर्मीले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको कोशीका लागि कप्तान अंकित सुवेदीले ४१ रन जोड्दा अरु १० ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्। जसमा पाँच ब्याटरले त खाता खेल्न नै सकेनन्।

कोशीको इनिङ ध्वस्त पार्ने क्रममा आर्मीका शाहब अलामले ६ विकेट लिए। उनले ६.४ ओभरमा ३ मेडन राख्दा १४ रन खर्चिए। कुशल मल्लले २ विकेट लिए भने सोमपाल कामी र विवेक यादवले १-१ विकेट लिन सफल भए। जारी प्रतियोगितामा यो आर्मीको दोस्रो जित हो भने कोशी लगातार चार खेलमा पराजित भयो।

प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय