टाइगर कप भलिबलमा आर्मीलाई हराउँदै एपीएफ फाइनलमा
काठमाडौं । पोखरामा जारी टाइगर कप भलिबलमा महिलातर्फ साविक विजेता एपीएफले फाइनलमा स्थान पक्का गरेको छ । बिहीबार बिहान भएको सेमिफाइनलमा एपीएफले त्रिभुवन आर्मी क्लबलाई ३–२ को सेटमा पराजित गरेको हो । पहिलो सेटमा आर्मीले एपीएफलाई २५–१९ ले पराजित गर्यो। दोस्रो सेटमा आर्मीले एपीएफलाई २५–२० ले पराजित गर्यो ।
तेस्रो सेटमा एपीएफले आर्मीलाई २५–१२ ले हरायो । चौथो सेटमा एपीएफले आर्मीलाई २५–१६ ले पराजित गर्यो। यससँगै खेल २–२ सेटको बराबरीमा पुग्यो । पाँचौँ सेटमा भने एपीएफले आर्मीलाई १५–१३ ले हरायो ।
प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
