किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
काठमाडौं । १४ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैचा नगरपालिका-६ बाट एक जना पक्राउ परेका छन् । स्थानीय २४ वर्षीय संयोग चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।
चौधरीले ती किशोरीलाई गत पुस १३ गतेदेखि आफ्नै घरमा ल्याई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बेलवारीबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रकाशित मितिः २०८० माघ ०४ बिहिबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
