आज तीन वटा संसदीय समितिको बैठक बस्दै

भक्तपुर न्यूज

३ माघ २०८० ५:०५

आज तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार आज बिहान ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक बस्दै छ । बैठकमा सडक सुरक्षा र नागरिक अधिकारका सम्बन्धमा स्वतन्त्रता अभियान नेपालबाट भए गरेका काम कारबाहीका बारेमा छलफल हुनेछ ।

त्यस्तै बिहान साढे १० बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित कानुनी व्यवस्था (प्रत्यायोजित विधायन) र सरकारी आश्वासन सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकबारे विज्ञहरूसँग छलफल हुनेछ ।

प्रकाशित मितिः २०८० माघ ०३ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय