नेपालले आज अन्तिम खेल लेबनानसँग खेल्दै
काठमाडौं, ४ साउन । एएफसी यू २३ च्याम्पियनसिप अन्तर्गत नेपालले आज अन्तिम खेल लेबनानसँग खेल्दै छ । नेपाल र लेबनानको खेल नेपाली समयानुसार रातको ११ बजे सुरु हुनेछ । समूह चरणको दुवै खेलमा पराजित हुदै नेपाल र लेवनानले कुनै अंक जोडेको छैनन् ।
नेपालले पहिलो खेलमा युएईसँग ५–०को फराकिलो अन्तरको हार व्येहोरेको थियो भने दोश्रो खेलमा सुधारिएको प्रदर्शन गर्दै उज्वेकिस्तानसँग २–०ले पराजित भयो ।
यता पहिलो खेलमा उज्वेकिस्तानसँग ३–१ले पराजित लेबनानले दोश्रो खेलमा युएईसँग १–० ले हार्यो । दुवै टोली जित हात परेर प्रतियोगिताबाट सुखद बिदाई लिने दाउमा छन् ।
त्यस्तै समूहको शीर्षस्थानको टोलीको टुङ्गो लगाउन आज पहिलो खेलमा घरेलु टोली युएई र उज्वेकिस्तान खेल्दैछन् । खेल बराबरी भएको अवस्थामा युएई समूह विजेता बन्नेछ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
११ असार २०८२ १४:३७
इरान-इजरायलबिच युद्धविराम भएपनि छिटफुट आक्रमण
११ असार २०८२ १४:३६
आज बुधबार सुन तोलामा १५ सय र चाँदीमा ४० रुपैयाँ घट्यो
११ असार २०८२ १४:३३
युरो ५ र युरो ६ प्रदूषण मापदण्ड कार्यान्वयन गर्ने निर्णय
११ असार २०८२ १४:३२
माधव नेपालको बयान सकिएपछि थुनछेकको बहस सुरु हने
११ असार २०८२ १४:३५