साहित्यिक पत्रकार रोचक घिमिरे र रुक्मिणी श्रेष्ठ सम्मानित

भक्तपुर न्यूज

२ माघ २०८० १०:१४

साहित्यिक पत्रकार रोचक घिमिरे र रुक्मिणी श्रेष्ठ सम्मानित

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानले २०८० सालको ‘प्रज्ञा साहित्यिक पत्रकारिता पुरस्कार’ वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरे तथा रुक्मिणी श्रेष्ठलाई समर्पण गरेको छ । प्रज्ञा प्रतिष्ठानले ‘रचना द्वैमासिक’ को सम्पादन प्रकाशन गर्दै आएका घिमिरेलाई साहित्यिक पत्रकारितामा विगत ६ दशकभन्दा बढीदेखि क्रियाशील रहेकाले पुरस्कृत गरेको हो ।

साहित्यिक पत्रकार श्रेष्ठ वि.सं.२००८ सालदेखि प्रकाशनमा रहेको ‘थौंकन्य मासिक पत्रिका’की सम्पादक हुन् । उनी २०४५ सालदेखि उक्त पत्रिकामा आवद्ध छिन् । पुरस्कृत दुवै साहित्यिक पत्रकारहरूलाई सम्मानपत्र सहित जनही ५० हजार रुपैयाँ प्रदान गरिएको थियो ।

प्रकाशित मितिः २०८० माघ ०२ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय