धिरज र उपासना को मुख्य अभिनयमा ‘खुस्मा’ को निर्माण घोषणा

भक्तपुर न्यूज

१ माघ २०८० ८:४२

धिरज र उपासना को मुख्य अभिनयमा ‘खुस्मा’ को निर्माण घोषणा

काठमाडौं । अभिनेता धिरज मगर र उपासना सिंह ठकुरीको अभिनय रहने फिल्म ‘खुस्मा’ को निर्माण घोषणा गरिएको छ। माघे संक्रान्तिको अवसर पारेर फिल्मको निर्माण घोषणा गरिएको हो। यस फिल्ममार्फत अभिनेता धिरज र उपासना पहिलोपटक सहकार्य गर्दैछन्।

अशोक थापा मगरले निर्देशन गर्ने फिल्ममा धिरज र उपसनासँगै अस्तित्व भट्टचन, खड्कबहादुर पुन (खबपु), अरुण मगर लगायत कलाकारको अभिनय रहनेछ। निर्देशक थापा विभिन्न ९ वटा अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुरस्कृत भइसकेका छन्।

बेताने मगर, चन्द्र भट्टचन र सुस्मिता बुढाथोकीको लगानी रहने फिल्ममा एस डी योगीले सुरेन्द्र राना तथा राम अविरल विष्टको गीतमा संगीत दिनेछन् भने दिपक बज्राचार्य छायांकार रहनेछन्। प्रेम कथामा आधारित ‘खुस्मा’ एम मिडिया प्रालिको ब्यानरमा निर्माण हुनेछ। फिल्मलाई गोविन्द शाहीको काफिया फिल्म्सले वितरण गर्नेछ।

प्रकाशित मितिः २०८० माघ ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय