स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

भक्तपुर न्यूज

१ माघ २०८० ७:२०

स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु

काठमाडौं । स्याङ्जामा बसले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ ।

सोमबार विहान ०८:५० बजे स्याङ्जाको कालीगण्डकी गाउँपालिका-७ आँधीमुहान ड्यामस्थित भित्री सडक खण्डमा जयपतेबाट रिडीतर्फ जाँदै गरेको ग १ ख. ४१५० नम्बरको बसले पैदलयात्री ३० वर्षका अजित बोटेलाई ठक्कर दिएको थियो ।

ठक्करपछि बोटेको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका डीएसपी इन्द्रबहादुर रानाले जानकारी दिए ।

प्रकाशित मितिः २०८० माघ ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय