प्रधानमन्त्री कप क्रिकेट : मधेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको शतक

भक्तपुर न्यूज

१ माघ २०८० ७:११

प्रधानमन्त्री कप क्रिकेट : मधेशविरुद्ध आर्मीका कप्तान विनोद भण्डारीको शतक

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय कि्रकेट प्रतियोगितामा आर्मीका कप्तान विनोद भण्डारीले मधेश प्रदेशविरुद्ध शतक प्रहार गरेका छन् । योसँगै उनले घरेलु चौथो राष्ट्रिय प्रतियोगितामा दोस्रो शतक प्रहार गरेका छन् ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङका गर्ने क्रममा आर्मीका लागि चौथो क्रममा आएका विनोदले ८९ बलमा ९ चौका र ४ छक्का प्रहार गर्दै शतक पूरा गरेका हुन् । उनले २०२१ को प्रधानमन्त्री कपमै पहिलो शतक प्रहार गरेका थिए ।

दीपेन्द्रसिंह ऐरीपश्चात प्रधानमन्त्री कपमा दोस्रो शतक हान्ने उनी दोस्रो खेलाडी हुन् । उनले २०२१ को मेयर्स कपमा पनि शतक प्रहार गरेका थिए । भण्डारी ३८.६ ओभरमा विशाल पटेलको बलमा मयन यादवबाट बाउन्ड्री लाइनमा ८५ रनमा जीवनदान पाएका थिए ।

घरेलु प्रतियोगितामा सफल मानिने ब्याटर विनोद भण्डारीले कुशल मल्लसँग पाँचौं विकेटका लागि १३२ को शतकीय साझेदारी गरेका थिए ।

प्रकाशित मितिः २०८० माघ ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय