रेखा थापाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक

भक्तपुर न्यूज

१ माघ २०८० ६:०४

रेखा थापाको ‘उपहार’ को फस्टलुक पोस्टर सार्वजनिक

काठमाडौं । आगामी २५ फागुनमा रिलिज हुने फिल्म ‘उपहार’को चारवटा फस्टलुक पोस्टर सार्वजनिक भएको छ । निर्माण पक्षले फिल्मका प्रमुख कलाकारलाई स्थान दिँदै माघे संक्रान्तिको अवसर पारेर चारवटा फस्टलुक पोस्टर सार्वजनिक गरेको हो ।

एक फस्टलुक पोस्टरमा अभिनेत्री रेखा थापा, पूजा शर्मा, बेनिशा हमाल र मुकुन भुसाललाई स्थान दिइएको छ । चिया घरलाई पृष्ठभूमिमा राखेर बनाइएको फस्टलुक पोस्टरमा रेखालाई थर्मस र चियाको ग्लास बोकेको देखाइएको छ ।

फस्टलुक पोस्टरमा अभिनेता मुकुन भुसाल ह्वीलचेयरमा बसेका छन् । उनलाई रेखाले दुई हातले समाएर माया गरेको देख्न सकिन्छ । फस्टलुक पोष्टरको पृष्ठभूमिमा हवाईजहाज र चराहरु पनि छन् । अभिनेत्री पूजा खुसी देखिएकी छन् भने बेनिशाले केही भन्न खोजेको देखाइएको छ ।

प्रकाशित मितिः २०८० माघ ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय