प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

भक्तपुर न्यूज

१ माघ २०८० ४:०२

प्रधानमन्त्री प्रचण्ड आज अर्घाखाँची जाँदै

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अर्घाखाँची जाँदैछन्। नेपाल पत्रकार महासंघ अर्घाखाँचीले आयोजना गरेको पर्यटन प्रवर्द्धन कार्यक्रम २०८० को उद्घाटनको लागि आज प्रधानमन्त्री प्रचण्ड अर्घाखाँची आउन लागेका हुन् ।

प्रधानमन्त्री बिहान ११ बजे अर्घाखाँची आउने कार्यक्रम रहेको जनाइएको छ। अर्घाखाँचीको धार्मिक, ऐतिहासिक र पर्यटकीय स्थलहरूको प्रचार, प्रसार र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो । यहाँ कार्यक्रम सबे तयारी पुरा भएको बताइएको छ ।

प्रकाशित मितिः २०८० माघ ०१ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय