सन्दीपलाई सजाय निर्धारण गर्ने मुद्दामा बहस सकियो, सजाय तोकिँदै
काठमाडौं । बलात्कार आरोपमा दोषी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेको मुद्दामा बहस सकिएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश शिशिरराज ढकालको इजलासमा आज सजाय निर्धारणका लागि बहस थियो । बहस भर्खरै सकिएकाले केहीबेरमै न्यायाधीश ढकालले लामिछानेमाथि सजाय तोक्नेछन् ।
यसअघि ७ देखि १० वर्षसम्म कैद सजाय हुने दफालाई टेकेर लामिछानेलाई दोषी ठहर गरिएको थियो। जाहेरवालापक्षले अधिकतम र सन्दीपका वकिलले न्यूनतम सजाय माग गर्दै बहस गरेका छन् ।
प्रकाशित मितिः २०८० पौष २५ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
