बम्जन पक्राउ परेपछि सीआईबी कार्यालय अगाडि समर्थकहरूको विरोध प्रदर्शन

भक्तपुर न्यूज

२५ पुष २०८० १०:०४

बम्जन पक्राउ परेपछि सीआईबी कार्यालय अगाडि समर्थकहरूको विरोध प्रदर्शन

काठमाडौं । ‘लिटिल बुद्ध’ को नामले चिनिएका रामबहादुर बम्जन पक्राउ परेपछि उनका समर्थकहरूले विरोध प्रदर्शन गरेका छन्। बम्जनलाई हिजो केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)को टोलीले प्रकाउ गरेपश्चात् उनका समर्थकहरूले आज सीआईबीको कार्यालय अगाडि विरोध गरेका हुन्।

बालयौन दुराचार र बलात्कार आरोपी रामबहादुर बम्जन भन्ने रामलाल बम्जनलाई मंगलबार नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पक्राउ गरेको थियो। बम्जनलाई आजै जिल्ला अदालत सर्लाहीमा उपस्थित गराएर म्याद थपिने केन्द्रीय अनुसन्धान ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिए।

प्रकाशित मितिः २०८० पौष २५ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय