शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय बन्द

भक्तपुर न्यूज

२४ पुष २०८० ७:१९

शीतलहरसँगै चिसो बढेपछि रौतहटका सामुदायिक विद्यालय बन्द

काठमाडौं । शीतलहरसँगै चिसो बढेपछि रौतहटको सामुदायिक विद्यालय चारदिनका लागि बन्द गरिएको छ । शिक्षा समन्वय एकाइ रौतहटले जाडो अत्यधिक बढेका कारण बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखी जाडो बिदा दिन जिल्लाका सबै विद्यालयलाई सूचना जारी गरेपछि मङ्गलबारदेखि विद्यालय बन्द भएको हो ।

जिल्लाको चन्द्रपुर, फतुवाविजयपुर, देवाहीगोनाही, कटहरियालगायत १८ वटा पालिकाले मंगलबारदेखि आउँदो शुक्रबारसम्म विद्यालय बन्द गरेका छन् । शिक्षा समन्वय एकाइ रौतहटका प्रमुख रामविनय सिंहले जिल्लाको १८ वटै पालिकाका सबै सामुदायिक विद्यालयलाई हिउँदे वा वर्षे बिदाबाट बिदा मिलान हुने गरी पाँच दिनसम्म जाडो बिदा दिन सोमबार नै सूचना जारी गरेको बताए ।

प्रकाशित मितिः २०८० पौष २४ मंगलबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय