प्रधानन्यायाधीश पराजुलीले सम्हाले कार्यभार
काठमाडौं, २ साउन। प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज पदभार ग्रहण गरेका छन् । त्यसअघि उनलाई आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।
सपथ लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् । राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाएर सर्वोच्च अदालत आउँदा पराजुलीलाई कर्मचारीहरुले पुष्पगुच्छासहित स्वागत गरेका थिए ।
२७ औं प्रधान्यायाधीश पराजुली आउँदो वैशाख १५ गतेसम्म पदमा रहनेछन् । ०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका थिए । यसअघि महाअभियोग लागेर प्रधानन्यायाधीश सुशीला कार्की निलम्बनमा परेपछि पराजुलीले केही दिन कार्यवाहक प्रधानन्यायाधीशको रुपमा काम गरेका थिए ।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९