फिक्कलमा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

भक्तपुर न्यूज

२२ पुष २०८० ५:३६

फिक्कलमा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु

काठमाडौं । सिन्धुलीको फिक्कलमा माटोको ढिस्कोले पुरिएर एक वृद्धको मृत्यु भएको छ । घर नजिकै बारीमा कान्ला खन्ने क्रममा माटोको ढिस्कोले पुर्दा फिक्कल गाउँपालिका- ५ रजे का वर्ष ७४ का मनबहादुर बुढाथोकीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रवक्ता चिरन्जीवी दाहाला अनुसार शनिबार अबेरसम्म घर नफर्केपछि आफन्तले खोज्न जाँदा बुढाथोकी माटोको ढिस्कोले पुरेको अवस्थामा घटना स्थलमै मृत फेला परेको थिए ।

घरबाट अन्दाजी एक सय मिटर उत्तर तर्फ आफ्नै बारीमा मृतकको चप्पल फेला परेको र बारी माथिबाट ढिस्को समेत झरेको देखिएपछि माटो खोतल्दै गर्दा वृद्ध बुढाथोकीको शव फेला परेको हो । प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

प्रकाशित मितिः २०८० पौष २२ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय