इजरायलका राजदूत हनन र सभामुख घिमिरेबीच भेटवार्ता
काठमाडौं । नेपालका लागि इजरायलका राजदूत हनन गोडर गोल्डबर्ग र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । उनीहरूबीच बुधबार सिंहदरबारमा भेट भएको हो ।
भेटमा इजरायलमा शान्ति स्थापना, नेपाली युवा विपिन जोशीको जीवनरक्षालगायतका विषयमा छलफल भएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । यसबाहेक दुई देशबीचको आपसी सहयोग/समझदारीका विषयमा समेत छलफल भएको छ ।
प्रकाशित मितिः २०८० पौष १८ बुधबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
