‘राजीनामा आफ्नो मन राजी भएपछि गर्ने हो, गृहमन्त्रीले विचार गर्नुस्’ : सांसद रघुजी पन्त
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद रघुजी पन्तले गृहमन्त्री नारायणकाजी श्रेष्ठको राजीनामा मागेका छन् । सोमबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद पन्तले बालकुमारी घटनामा सरकार दोषी रहेको भन्दै गृहमन्त्री श्रेष्ठले राजीनामा दिनुपर्ने माग गरेका हुन् ।
‘बालकुमारी घटनामा गृह प्रशासन चुकेको देखियो । प्रहरीलाई चाहिने सामान उपलब्ध गराउनुपर्छ, साधनस्रोत दिनुस्,’ उनले भने, ‘राजीनामा आफ्नो मन राजी भएपछि गर्ने हो । गृहमन्त्रीले विचार गर्नुस् ।’
प्रहरीको तल्लो तहको कर्मचारीलाई बालकुमारी घटनामा बलिको बोका बनाउन नपाइने उनले बताए । सांसद पन्तले सरकारले गरिरहेको कामको असन्तोष बालकुमारी घटना भएको बताए ।
‘भ्रष्टाचारीलाई क्याबिनेटमा राख्ने अनि सुशासनको भाषण गर्ने ? सरकारले काम गरिरहेको असन्तोष बालकुमारी हो । मन्त्रीको पीएसोओ र इपीएस प्रमुखलाई कारबाही गरेर हुन्न,’ उनले भने ।
प्रकाशित मितिः २०८० पौष १६ सोमबार
