सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने

भक्तपुर न्यूज

१६ पुष २०८० ६:१५

सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने

काठमाडौं । सरकारले आजदेखि मन्त्रिपरिषद् बैठकको खाजा खर्च कटौती गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज बिहान सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकमा खाजा कटौती गरिएको जानकारी गराएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । खाजाबापत प्रत्येक मन्त्रिपरिषद् बैठकमा झन्डै ६० हजार रुपैयाँ खर्च हुने गरेको थियो ।

वर्षमा एक सयभन्दा बढी मन्त्रिपरिषद् बैठक हुने गरेका छन् । मन्त्रिपरिषद् बैठकको खाजा कटौती भएसँगै वार्षिक झन्डै ६० लाख रुपैयाँ जोगिने भएको छ । मन्त्रिपरिषद् बैठकमा अब सामान्य खाजा खुवाउन शुरु गरिएको छ ।

सुशासन र सुधारमा ससाना विषय पनि महत्त्वपूर्ण मानिने भएकाले प्रधानमन्त्री प्रचण्डले आफ्नै कार्यालयबाट सुधारको थालनी गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । सुशासन र सुधारका कार्यलाई निरन्तर अगाडि बढाइने उनले बताए ।

यसैबीच, नेपाल संवतलाई सम्पूर्ण सरकारी दस्ताबेजमा उल्लेख गर्ने सरकारको निर्णय कार्यान्वयनमा आएको छ ।

प्रकाशित मितिः २०८० पौष १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय