‘बद्रीनाथकी दुल्हनिया’पछि सिक्वेलको रुपमा ‘दुल्हनिया ३’ ल्याउँदै, आलिया नरहने

भक्तपुर न्यूज

१६ पुष २०८० ५:५३

‘बद्रीनाथकी दुल्हनिया’पछि सिक्वेलको रुपमा ‘दुल्हनिया ३’ ल्याउँदै, आलिया नरहने

काठमाडौं । हंप्टी शर्माको दुल्हनिया र बद्रीनाथको दुल्हनियापछि निर्माता करण जौहर तेस्रो सिक्वेलको रुपमा ‘दुल्हनिया ३’ तयारीमा जुटेका छन् । फिल्मका लागि जौहरले वरुण धवन लिइसकेका छन् । तर फिल्ममा आलिया भट्टको अभिनय रहने नरहने अनुमान गरिएको छ ।

बलिउड हंगामाको रिपोटका अनुसार जौहरले धर्मा प्रोडक्शनको ब्यानरमा ‘दुल्हनिया ३’ सुरु गरेका हुन् । यो फिल्मको मुख्य भूमिकामा वरुण नै देखिनेछन् । तर अभिनेत्री भने परिवर्तन गर्न खोजिएको छ । करणको फिल्मबाट नयाँ अनुहार लन्च गर्ने योजना छ । यस अगाडिको दुई सिक्वेलमा भने हिरोइन अभिनेत्री आलिया भट्ट थिइन् ।

रिपोर्टका अनुसार फिल्म पछिल्लो दुई सिक्वेलका निर्देशक शशांक खैतानले निर्देशन गर्नेछन् । वरुण, करण र शशाांक मिलेर फिल्मको धेरै बिषयमा आइडिया बनाएका छन् । अहिले स्क्रिप्ट समेत फाइनल भएको छ । फिल्मको सुटिङ छिट्टै हुनेछ । निर्माण युनिट फिल्मका लागि फ्रेश अनुहारको खोजिमा छ । जो वरुणको साथ देखिनेछिन् । फिल्म २०२५ मा रिलिज हुनेछ ।

प्रकाशित मितिः २०८० पौष १६ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय