९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

भक्तपुर न्यूज

१ साउन २०७४ ५:०२

९ गतेदेखि अनसन बस्ने डा. केसीको घोषणा

काठमाडौं, १ साउन। त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसी साउन ९ गतेदेखि आमरण अनसन बस्ने भएका छन् । आईओएमलाई स्वायत्त बनाउन तथा त्रिवि पदाधिकारीलाई कारबाही गर्न दिएको अल्टिमेटम सरकारले गुजारेको भन्दै डा. केसीले अनसन बस्ने घोषणा गरेका हुन् । आइतबार विज्ञप्ति जारी गर्दै डा. केसीले साउन ९ गते अपराह्न ४ बजे अनसन सुरु गर्ने बताएका छन् ।

उनले ८ बुँदे माग अघि सारेका छन् । जसमा माथेमा आयोगको प्रतिवेदन अनुसार आफूहरुले दिएको सुझावसहित चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने पहिलो माग छ । यस्तै आईओएम डीनको सिफारिस अनुसार सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नु पर्ने, विगतको सहमति अनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्वन्धी अपधकार त्रिवि कार्यकारी परिषद्बाट आईओएममा फिर्ता गर्नु पर्ने र सरकारी निर्देशन तथा अदालतको ओदश अटेर गर्ने मेडिकल कलेजको सम्वन्धन खारेज गर्नु पर्ने डा. केसीको माग छ ।

चिकित्सा शिक्षा आयोग नबन्दासम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोबु पर्ने, एमडी, एमएस र एमडीएस तहको शुल्क यसै शैशिक्ष सत्रदेखि लागू हुने गरी काठमाडौं विश्व विद्यालयमा जस्तै सबै निजी कलेजमा २२ लाख कायम गर्नु पर्ने उनको अर्को माग छ । साथै आईओएममा पदाधिकारी नियुक्त नगरेको, अधिकार खोसेको तथा धेरै शुल्क लिएकामे भन्दै त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्न पनि उनले माग गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *