एपीएफले कर्णालीलाई दियो १६१ रनको विशाल लक्ष्य, राजमती र ममताको अर्धशतक

भक्तपुर न्यूज

११ पुष २०८० ६:०६

एपीएफले कर्णालीलाई दियो १६१ रनको विशाल लक्ष्य, राजमती र ममताको अर्धशतक

काठमाडौं । प्रधानमन्त्री कप महिला राष्ट्रिय टी-२० क्रिकेटमा विभागीय टोली एपीएफले कर्णाली प्रदेशलाई १ सय ६१ रनको विशाल लक्ष्य दिएको छ। कीर्तिपुर मैदानमा आज बिहान टस जितेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेट गुमाएर १ सय ६० रन बनायो।

एपीएफका राजमति ऐरी र ममता चौधरीले अर्धशतक पूरा गरे। ऐरीले ६७ रन बनाउँदा चौधरी ६२ रन बनाएर आउट भइन्। रोमा थापा १४ रनमा नटआउट हुँदा मन्जु बोगटी एक रन बनाएर क्रिजमा रहिन्। कर्णालीकी तृष्णा विश्वकर्माले एक विकेट लिइन्।

आज मुलपानी मैदानमा भएको अर्को खेलमा कोशी प्रदेशले गण्डकी प्रदेशलाई १ सय ४ रनको लक्ष्य दिएको छ। टस जितेको कोशीले निर्धारित ओभरमा ८ विकेट गुमाउँदै १ सय ३ रन बनायो। कोशीका विमला मल्लले २ तथा लकिता राजवंशीले २२ रन बनाइन भने संगिता राई २३ रनमा नटआउट रहिन्।

गण्डकीकी कुशुम गोदार र सृष्टी जैसीले समान २–२ विकेट लिए। आजै दिउँदो सवा १ बजे किर्तिपुर मैदानमा हुने अर्को खेलमा बागमतीले लुम्बिनीसँग प्रतिस्पर्धा गर्नेछ भने मुलपानी मैदानमा सोही समयमा मधेश र सुदूरपश्चिम भिड्ने छन्।

प्रकाशित मितिः २०८० पौष ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय