एनएसएलमा भोलि पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने

भक्तपुर न्यूज

११ पुष २०८० ६:००

एनएसएलमा भोलि पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने

काठमाडौं । दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को उपाधि रक्षाका लागि स्थान सुरक्षित गर्न भोली पोखरा थन्डर्स र ललितपुर सिटी एफसीबीच भिडन्त हुने भएको छ। दोस्रो क्वालिफायरमा जित निकाल्दै फाइनलमा स्थान सुरक्षित गर्न दुई टोलीबीच कडा प्रतिस्पर्धासहितको खेल हुने अनुमान गरिएको छ।

दशरथ रङ्गशालामा हुने भोलिको खेल साँझ ५ः ३० बजे सुरु हुनेछ। भोलि जित्ने टोलीले फाइनलमा स्थान सुरक्षित गर्नुका साथै उपाधिका लागि धनगढी एफसीसँग प्रतिस्पर्धा गर्नेछ। धनगढीले प्लो अफको पहिलो खेलमा पोखरा थन्डर्सलाई पेनाल्टी सुटआउटमा ४–३ गोल अन्तरले हराउँद फाइनलको यात्रा तय गरेको हो।

पोखराले उपाधिका लागि स्थान सुरक्षित गर्न यो दोस्रो मौका पाएको हो। भोलिको खेलमा पोखरा र ललितपुर गर या मरको स्थितिमा मैदान उत्रने छन्।

प्रकाशित मितिः २०८० पौष ११ बुधबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय