डिआइजी बढुवाका लागि सिफारिस
काठमाडौं, ३१ असार । गृह मन्त्रालयले रिक्त भएको लामो समयपछि नेपाल प्रहरीका ११ जना डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको छ । बमबहादुर भण्डारी,जयबहादुर चन्द बढुवाका लागि सिफारिस हुदाँ डिआईजी नवराज सिलवाललाइ भने छुटाइएको छ।
चन्दलाई भने सरकारले आइजिपीमा नियुक्त गरेको थियो । नवराज सिलवालले चन्दलाई आइजिपी बनाउने निर्णय बदर गर्दै सर्वोच्च अदालत गएपछि अदालतले उनको बढुवा बदर गरेको थियो। त्यसपछि सरकारले प्रकाश अर्याललाई आइजिपीमा नियुक्त गरेको थियो।
डिआइजीहरु देवेन्द्र सुवेदी, पशुपति उपाध्याय, केशरीराज घिमिरे, माधवप्रसाद जोशी, विजयलाल कायस्थ, कमल सिंह बम, मिङमार लामा, रणबहादुर चन्द र विजयकुमार भट्ट बढुवाका लागि सिफारिसमा परेका छन्।
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
जुम्लामा बन्यो ३ सय शैयाको अस्पताल
२६ वैशाख २०८२ १७:३३
भक्तपुर जु जु धौ व्यवसायी संघका अध्यक्षलाइ पाँच हजार जरिवाना
२० वैशाख २०८२ ८:५६
नेकपा एसको सचिवालय बैठक वैशाख २३ र २४ गते बस्ने
२३ वैशाख २०८२ ११:४५
मे ९ मा हङकङसँग भिड्दै नेपाल
२१ वैशाख २०८२ ९:५२
सरकार र चिकित्सकबीच सहमति, हडताल समाप्त
२१ वैशाख २०८२ १२:५९