प्यूठानको सिमसारामा आमा छोरा मृत फेला
काठमाडौं । प्यूठानको झिमरुक गाउँपालिका-३ स्थित सिमसारामा आमा छोरा मृत फेला परेका छन्। स्थानीय ३५ वर्षीया बिष्णा खड्का र उनका २३ वर्षीय छोरा विशाल खड्का मृत भेटिएका हुन्।
काफलको एउटै बोटमा आमाछोरा झुन्डिएको अवस्थामा फेला परेको स्थानीय पदम बहादुर खड्काले जानकारी दिए। घटनास्थलमा प्रहरी पुगेको छ। मृतकका श्रीमान र बुबा मजदुरीका लागि भारतमा छन्।
प्रकाशित मितिः २०८० पौष ०९ सोमबार
प्रतिक्रिया
लोकप्रिय
२८ माघ २०७४ ६:१६
