विभिन्न देशका हजारौँ आप्रवासी अमेरिकी सीमातर्फ प्रस्थान

भक्तपुर न्यूज

९ पुष २०८० ४:५१

विभिन्न देशका हजारौँ आप्रवासी अमेरिकी सीमातर्फ प्रस्थान

काठमाडौं । मध्य र दक्षिण अमेरिकाका विभिन्न देशका हजारौँ आप्रवासीको समूह मेक्सिको हुँदै संयुक्त अमेरिकाको सीमातर्फ अघि बढेको छ। बीबीसीका अनुसार भेनेजुएला, क्युबा, मेक्सिको लगायत देशका झण्डै ८ हजार मानिस सम्मिलित समूह ‘गरिबीको प्रस्थान’ लेखिएको ब्यानर बोकेर अमेरिकी सीमातर्फ अघि बढेका हुन्।

आप्रवासन नियन्त्रणसम्बन्धी नयाँ सम्झौता अघि बढाउन चाहिरहेका अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकन मेक्सिको सिटी भ्रमणमा जानुअघि यो ठूलो समूह सीमातर्फ अघि बढेको हो। उनीहरु ग्वाटेमालाको सीमा जोडिएको दक्षिणी मेक्सिकन सहर तापचुलामा जम्मा भएर आएको बताइएको छ।

अधिकारीहरुका अनुसार सन् २०२२ र २३ मा दुवै आर्थिक वर्षमा दक्षिणी सीमाबाट अमेरिका प्रवेश गर्न चाहने २०–२० लाख भन्दा बढी आप्रवासी पक्राउ परेका छन्। सन् २०२३ को सेप्टेम्बर महिनामा मात्रै अमेरिकी सीमा सुरक्षा बल होमल्याण्ड सेक्युरिटी फोर्सेसले २ लाख आप्रवासीलाई नियन्त्रणमा लिएको छ।

प्रकाशित मितिः २०८० पौष ०९ सोमबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय