अक्टोबरयता आठ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

भक्तपुर न्यूज

८ पुष २०८० ९:५१

अक्टोबरयता आठ लाख अफगानी शरणार्थी स्वदेश फिर्ता

काठमाडौं । गत अक्टोबरदेखि करिब आठ लाख अफगानी शरणार्थीहरू आफ्नो मातृभूमि अफगानिस्तान फर्किएको अफगानी सरकारका प्रमुख प्रवक्ता जबिहुल्लाह मुजाहिदले बताएका छन्। “अक्टोबरदेखि करिब ८ लाख शरणार्थीहरू घर फर्किएकोमा आधा पाकिस्तानबाट फर्किएको स्थानीय टेलिभिजन च्यानल टोलोन्युजले मुजाहिदलाई उद्धृत गर्दै जनाएको छ।

फर्कन बाँकी शरणर्थीमध्ये अधिकांश इरानबाट तथा हजारौं टर्किएबाट रहेको मुजाहिदले बताए। २५ लाखभन्दा बढी अफगान शरणार्थीहरू पाकिस्तानमा र त्यति नै सङ्ख्या इरानमा बस्दै आएका छन्। शरणार्थी तथा स्वदेश फिर्ता मामिला मन्त्री अर्सला खरोतीले दैनिक हजारौं अफगान शरणार्थी स्वदेश फर्किएको पुष्टि गरेका छन्। अधिकारीहरूका अनुसार लाखौँ अफगानीहरू विदेशमा शरणार्थीको रूपमा बस्दै आएका छन्।

प्रकाशित मितिः २०८० पौष ०८ आइतबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय