पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राप्रपाले गर्‍यो प्रदर्शन

भक्तपुर न्यूज

६ पुष २०८० १०:५४

पर्यटनमन्त्री किरातीको राजीनामा माग्दै राप्रपाले गर्‍यो प्रदर्शन

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको राजीनामा माग्दै राष्ट्रिय प्रजातन्त्र पार्टीले काठमाडौंमा प्रदर्शन गरेको छ ।

धर्मका बारेमा मन्त्री किराँतीको अभिव्यक्ति गैरजिम्मेवार र गैरसंवैधानिक भएको भन्दै राप्रपा काठमाडौं क्षेत्र नम्बर-४ ले शुक्रबार काठमाडौंको गौशालामा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले सुदन किराती राजीनामा गर, गणतन्त्र खारेज गर, राजसंस्था कायम गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा राप्रपा काठमाडौंका अध्यक्ष नवराज सिंखडाले मन्त्रीको अभिव्यक्तीमा भएका कुरा ८१ प्रतिशत हिन्दुको भावना विपरित भएको बताए। राजासहितको प्रजातन्त्र हिन्दुराष्ट्र र संघीयताको खारेजको माग सहित राप्रपाले आन्दोलन गर्न उनले बताएका छन् ।

मन्त्री किरातीले क्रिस्चियनलाई नमान्नेहरू संविधान विरोधी भएको र उनीहरूलाई जेल हाल्नुपर्ने अभिव्यक्ति दिएपछि विवाद भएको हो ।

प्रकाशित मितिः २०८० पौष ०६ शुक्रबार


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय